बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

गृहमन्त्री लेखकको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरुद्वारा संसद अवरोध कायमै

  • 49
  •  
  •  
  •  
  •  
  •  
  •  
    49
    Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरुले बुधवार पनि संसद अवरोध कायमै राखेका छन् । भिजिट भिसाको आवरणमा मानव तस्करीसम्बन्धी अनुसन्धान निष्पक्ष रूपमा हुने वातावरण निर्माणका लागि गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै उनीहरुले अवरुद्ध कायम राखेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसामार्फत मानव तस्करी प्रकरणको अनुसन्धान गरिरहे पनि विपक्षी दलले भने यस प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने माग अघि सारेका छन् ।

सभामुख देवराज घिमिरेले संसद अवरुद्ध नगरी दलगत रुपमा आफ्ना धारणाहरु राख्न आग्रह गरे । तर प्रतिपक्षी दलहरुको निरन्तरको अवरोधपछि प्रतिनिधि सभाको बैठक आधा घण्टाको लागि स्थगित भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x