बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

एमालेको स्पष्ट बहुमत आउनु नै मिसन ०८४ः प्रधानमन्त्री ओली

  • 30
  •  
  •  
  •  
  •  
  •  
  •  
    30
    Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०८४ मा नेकपा एमालेको स्पष्ट बहुमत आउने दाबी गरेका छन् । नेपाल बुद्धिजीवी परिक्षद्को ११ औं राष्ट्रिय अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले मिसन चौरासी एउटा कार्यनीतिक सिँढी भएको बताउँदै त्यसमा अझै स्पष्ट बहुमत आउने बताए । एमालेको स्पष्ट बहुमत आउनु नै मिसन चौरासी भएको बताए । २०८४ साल आफैं आउने तर मिसन ०८४ एमालेले बनाउनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । मिसन ०८४ नेकपा एमालेको एकल बहुमत ल्याउनेगरी लागौं भन्ने रहेको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘पार्टीलाई एकतावद्ध बनाएर लैजाउ, सही विचारमा पार्टीलाई लैजाउ र एउटा आन्दोलन, सुदृढ आन्दोलन त्यस रुपमा विकास गरौं । हामीले अत्यन्तै विकट अवस्थाहरु पार गरेका छौं । देशभित्र र बाहिरका अनेकथरि वैचारिक, व्यवहारिक, स्वार्थको टक्कर भएकाहरु, आफ्ना स्वार्थका लागि क्रियाशील हुनेहरु अनेक शक्तिहरु सक्रिय भए र मोर्चाबन्दी गरेर नेकपा एमालेका विरुद्ध आए । प्रगतिशील विचारका विरुद्ध आए । अग्रगामी सामाजिक परिवर्तनका विरुद्ध आए । सुदृढ एकताबद्ध त्यस्तो पार्टीको विरुद्ध आए । हामीले पार्टी विस्तार गरेर एकता गरेर, अनेक हिसावले पार्टीलाई झन्डै दुई तिहाइकै ठाउँमा पुर्‍यायौं । आजको दुनियाँमा कम्युनिष्ट सिध्याउँछौं भनेर पूँजीवादीहरु लागेका बेला नेपालमा हामीले अनेक ढंगले शक्तिलाई सुदृढ गर्दै दुई तिहाइको स्ट्यान्थ बनायौं । साराको टाउको दुख्नु ठिकै हो, विरोधीहरुको टाउको दुख्नु, निद्रा हराउनु, भोक हराउनु, छटपटी हुनु विरोधीहरुका लागि ठीकै हो । तर आन्दोलनभित्रैबाट यस्ता तत्व निस्किए जसले आन्दोलन भित्रैबाट आन्तरिक गडबडी र हमला सुरु गरे । पार्टी फुटाइन्जेलसम्म पार्टीका भलाई र हितका कुरा गरे । पार्टीका हितका लागि वितण्डा खडा गरेका हौं भने । पार्टी फुटाएका दिन घोषणा गरे हाम्रो उद्देश्य भनेको एमालेलाई धूलो बनाउने हो र एमालेको अस्तित्व देशबाट मेटाउने हो । उनीहरुले खुलस्त नारा दिए केपी ओली बिनाको एमाले, त्यसकारण मलाई एमालेको साधारण सदस्यबाट मात्र हैन भविष्यमा पनि कम्युनिष्ट हुँ भन्न नपाउने गरि निस्कासन गरे । एमालेजस्तो प्रगतिशिल पार्टीलाई सिध्याउँछौं, दिउँसै टर्च बालेर खोज्दापनि नभेटाउने बनाइदिन्छौं भनेर उद्घोष गरे । यी सबै कुरालाई पराजित गरेर नेकपा एमाले फेरि देशको सबैभन्दा लोकप्रिय पार्टीमा आयो । दुनियाभरको मोर्चाबन्दी, घेराबन्दीलाई पराजित गरेर नेकपा एमाले जनताको पवित्र मनले गरेको मतदानबाट सर्वाधिक लोकप्रिय पार्टीको रुपमा आउन सक्यो । अब यतिबेला हामीलाई बहुमत ल्याउनबाट रोक्नसक्ने कुनै ताकत छैन । यदि हामी ठीक ढंगले अगाडि बढ्यौ, एकताबद्ध ढंगले अगाडि बढ्यौं, व्यक्तिगत महत्वकांक्षा, इगो, अहंकार या व्यक्तिगतरुपमा नअल्झिएर नभई देशलाई केन्द्र भागमा राखेर राष्ट्रिय हितलाई, परिवर्तनको उद्देश्यलाई, समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा र हाम्रो गन्तव्यलाई केन्द्र भागमा राखेर अघि बढ्यौं भने हामीलाई बहुमत ल्याउनबाट कसैले रोक्न सक्दैन । किनभने हामी त्यस्तो घेराबन्दीमा पार्टी दुई दुई पटक फुटेका बेला, ध्वस्त बनाउँछौं भनेका बेला, एमालेलाई खोज्दा नभिटेने बनाइदिन्छु, भित्तामा लगेर टाँसिदिन्छु आदि इत्यादि भन्नसक्ने अब कसैको दम रहेन । हामीले उनीहरुको धनुको ताँदो चुडाइदिएका छौं । त्यसैले आज हामी ठूला सफलताका साथ अघि जानसक्छौं । त्यसैकारण पार्टीले मिसन चौरासी भनेको छ । मिसन चौरासी एउटा कार्यनीतिक सिढी हो जसबाट हामी अझै स्पष्ट बहुमतमा जान्छौं । एमालेको स्पष्ट बहुमत ल्याउनु नै मिसन चौरासी हो । २०८४ साल त आफैं आइहाल्छ नि हामीले ल्याउनु पर्दैन । मिसन ०८४ ले नेकपा एमालेको एकल बहुमत ल्याउनेगरी लागौं भनेको हो । एमालेका लागि कार्यनीतिक एउटा पढाव, कार्यनीतिक विशाल मोड मिसन चौरासी हो । चौरासी साललाई हामी चुनावमा नेकपा एमालेको एकल बहुमत ल्याउन चाहन्छौं ।’

प्रधानमन्त्री ओलीले विगतमा पनि एमालेमाथि आक्रमण भइरहेको र सो क्रम अहिले पनि जारी रहेको बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x