बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

गठबन्धनका धेरै विकल्प छैनन्, पार्टीका नेताहरुमा अनुशासन भएनः काँग्रेस

  • 54
  •  
  •  
  •  
  •  
  •  
  •  
    54
    Shares

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसले गठबन्धनबारे धेरै विकल्प अब नरहेको बताएको छ । केन्द्रिय समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् । कसैको बहुमत नरहेकाले गठबन्धनको धेरै विकल्प नरहेको बताए ।

सत्ता समीकरणमा विभिन्न खाले परीक्षण भइसकेको बताउँदै गठबन्धन भन्ने बित्तिकै सबैकुरा आफूले भनेको जस्तो नहुने बताए । गठबन्धनका विषयमा प्रतिकुल विचार नआएको बताए । संसदमा रहेका र पार्टीका नेताहरुमा अनुशासन नभएको कुरा केन्द्रिय समितिको बैठकमा आएको पनि बताए ।

उनले भने, ‘गठबन्धनको बारेमा त समग्रमा अब धेरै विकल्प हामीसँग छैन । कसैको बहुमत छैन । विभिन्न खाले परीक्षण भइसक्यो सत्ता समीकरणको । गठबन्धन भन्ने बित्तिकै सबैकुरा आफूले भनेको जस्तो हुँदैन । त्यो कुरा साथीहरुले बुझ्नुभएको छ । यद्यपि कतिपय साथीहरुको गुनासो छ । तथापि गठबन्धनका विषयमा फेरि प्रतिकुल विचार केही आएको छैन । डेलिभरी अझ राम्रो हुनुपर्छ, पार्टीबाट गएका मन्त्रीहरुले राम्रो काम गर्नुपर्छ भन्ने छ । हाम्रो पार्टीमा अनुशासन भएन । संसदमा र बाहिर रहेका साथीहरुले आफूलाई जे मनमा आयो त्यही बोल्ने काम भयो । व्यक्तिवादी प्रवृत्ति बढी भयो । अनुशासन पार्टीमा कायम गर्नुपर्छ भन्नेकुरा आएको छ ।’

आफूलाई मनमा लागेको कुरा बोल्ने र व्यक्तिवादी प्रवृत्ति बढ्दै गएको बारेमा प्रश्न उठेको उनको भनाइ छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x