बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

यो सरकारको सोचै गलत छः शेखर कोईराला

  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. शेखर कोईरालाले किसानप्रति सरकारको सोच नै गलत रहेको बताएका छन् । शनिवार काठमाडौंमा स्व। गिरिजाप्रसाद कोईरालाको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सकारात्मक सोचबाट अघि बढ्न जरुरी रहेको बताए । उनले अब सामान्य खेती गरेर नहुने भन्दै किसानलाई आधुनिक कृषि गराउन तालिम दिनुपर्ने बताए । उनले सरकारले उखु किसानलाई दिँदै आएको अनुदान कटौति गरेकोप्रति आपत्ति जनाए ।

आफूले अहिले पनि २० बिगाह जग्गामा उखु खेती गरिरहेको बताए । सरकारसँग पैसा छैन भनेर उखु किसानलाई दिँदै आएको अनुदान कटौती गर्नु गलत भएको बताए । उनले मन्त्रीहरुलाई विदेश भ्रमण जान चार पटक जति रोके डेढ अर्ब पैसा तत्काल निस्किने बताए ।

उनले भने, ‘अब छिटो भन्दा छिटो नेपाली काँग्रेसको नेतृत्व सभापतिजीले नै लिनुहुन्छ । लिएर अगाडि बढ्नुहोस् । सकारात्मक सोचबाट हामी अघि बढौँ । हामी सक्छौँ । हाइड्रो पावरमा हामीले ध्यान दिनुपर्छ । यो सामान्य खेती गरेर मात्रै हुँदैन, तपाईंहरुलाई लाग्ला यसले बढी बोल्यो भनेर तर म अहिले पनि २० बिगाह उखु लगाउँछु । २० बिगाह छ मेरो । यो सरकारको सोच कति गलत छ हेर्नुस् । सभापतिजीलाइ थाहा नै छैन । २५ वर्षदेखि सुगर किन्न अनुदान दिइरहेको थियो । उखु किसानलाई । यस पटक अनुदान छैन, किनभने सरकारसँग पैसा छैन । जम्मा डेढ अर्ब लाग्थ्यो । मन्त्रीहरु विदेश गएको गइ देख्छु । दुई चार पटक मन्त्रीहरु विदेश नगइदिए त डेढ अर्ब त यहीँ उठिहाल्छ । यस्तो सोच राखौँ । आम किसानलाई त दिनुपर्छ । किसानलाई नयाँ टाइपले हेर्नुपर्छ ।’

सांसद कोईरालाले अहिले नेपालमा केही पनि भएन, केही गरेनन् भन्ने भाष्य निर्माण गरिएको बताए । गर्न सकिँदैन भन्ने नभइ हामी सक्छौँ भन्ने सोच बनाउन जरुरी रहेको बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x