सात बुँदे समझदारी कार्यान्वयनका सम्बन्धमा एमाले–काँग्रेसबीच कुनै समस्या छैनः बर्तौला

काठमाडौं । नेकपा (एमाले)का मुख्य सचेतक महेश बर्तौलाले सात बुँदे समझदारी कार्यान्वयनका सम्बन्धमा प्रमुख सत्तारुढ दलहरु एमाले–काँग्रेसबीच कुनै समस्या नरहेको बताएका छन् । सोमवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले यस्तो बताएका हुन् ।
उनले दुई दलहरुबीच मजबुत समझदारी भएको दोहोर्याउँदै अन्य दलहरु सरकारमा आउने र छोड्ने प्रक्रियालाई स्वभाविक रुपमा लिनुपर्ने बताए । उनले संविधान संशोधन गर्ने निष्कर्षमा दुई दलहरु पुगिसकेको उल्लेख गर्दै के कुरामा संशोधन गर्ने भन्ने विषयमा आवश्यक छलफल हुनुपर्ने पनि बताए । संविधान संशोधनको प्रक्रियालाई निष्कर्षमा पुर्याउने गरेर सत्तारुढ दलहरु अगाडि बढ्ने उनको दाबी छ ।
उनले भने, ‘सात बुँदे समझदारीकाप्रति दुई दलका बीचमा कुनै समस्या छैन । संसदमा सबै कुराहरु आत्मगत परिस्थिति र वस्तुगत परिस्थिति दुई वटै मिल्नुपर्छ । हामी आत्मगत परिस्थितिका आधारबाट भन्ने हो भने काँग्रेस र एमाले संसदको १० वर्षे अवधीको समिक्षा गर्नुपर्छ र संविधान संशोधन गर्नुपर्छ भन्ने पक्षमा उभियो । यो निर्णयमा दुई दल पुग्ने कुरा नै पहिलो स्टेप हो । के विषयमा संशोधन गर्छौं भन्ने कुरा त संसदमा गणितीय हिसावले आवश्यक छलफलका हिसावले हुन्छ ।’
अनुकुल समयमै सबै दलहरुको सहमतिमा संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने कुरामा सरकार प्रतिवद्ध रहेको उनको भनाइ छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE