शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

ललितपुर महानगरपालिकाको कुल खर्च ६८ प्रतिशत,संस्थागत क्षमतामा पनि सुधार

काठमाडौं । ललितपुर महानगरपालिकाको चालु आर्थिक वर्ष २०८१÷८२ को असार २५ गते बुधबारसम्मको कुल खर्च ६८.१४ प्रतिशत पुगेको छ । आफ्नो सातौँ नगरसभाबाट पारित आगामी आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा आज आयोजित पत्रकार सम्मेलनमा महानगरले चालु आर्थिक वर्ष २०८१–८२ को वित्तीय प्रगति र आगामी वर्षको योजना तर्जुमा प्रक्रियाबारे जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा प्रस्तुत तथ्यांक अनुसार पुँजीगत खर्च ६०.६२ प्रतिशत र चालु खर्च ८५.३२ प्रतिशत रहेको छ । राजस्व संकलन भने लक्ष्यको ७५प्रतिशत हासिल भएको महानगरले जनाएको छ । लेखा परीक्षणमा बेरुजु ०.५२ प्रतिशत मात्र देखिएको छ ।

महानगरले आफ्नो संस्थागत क्षमतामा पनि सुधार देखाएको छ। स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा ९३.५ प्रतिशत अंक प्राप्त गरेको छ भने वित्तीय जोखिम मूल्यांकनमा ९९.५ प्रतिशत अंक हासिल गरेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट गरिएको मूल्याङ्कनमा ललितपुर महानगरपालिकाले ७४.७१ प्रतिशत अंक पाएको जानकारी दिइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x