रविमाथि राज्यले ज्यादती गरेको छः पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राज्यले ज्यादती गरेको बताएका छन् । शनिवार चीनको भ्रमण सकेर स्वदेश फर्किएका उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
उनले रविले गल्ती र कमजोरी गरेकै छैन भन्न आफूले नसक्ने बताए । तर पनि लामिछानेमाथि यो वा त्यो गल्ती भयो भन्ने नाममा राज्यले ज्यादती गरिरहेको उनको आरोप छ ।
पूर्वप्रधानमन्त्री खनालले भने, ‘मलाई पनि के लाग्छ भने रवि लामिछानेले गल्ती, कमजोरी गरेको छैन भनेर म कसरी पुष्टि गरौँ र । तर रवि लामिछानेमाथि यो वा त्यो गल्ती भयो भन्ने नाममा राज्यले ज्यादती गरिरहेको कुरा छ भन्ने मलाई पनि महशुस छ ।’
सहकारी ठगी प्रकरणमा अदालतले थुनामा पठाउन आदेश दिएसँगै लामिछाने थुनामा रहेका छन् ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE