आजको विनिमयदर, कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि बिदेशी मुद्राको नेपाली विनिमयदर सार्वजनिक गरेको छ । आजको लागि निर्धारण गरिएको विनिमयदर अनुसार भारतीय रुपैयाँ १०० को नेपाली खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
त्यसैगरी, अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५९ पैसा निर्धारण गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २१ पैसा र बिक्रीदर ९० रुपैयाँ ६० पैसा, युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ १२ पैसा र बिक्रीदर १६० रुपैयाँ ८२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ २० पैसा र बिक्रीदर १८६ रुपैयाँ ०१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १७२ रुपैयाँ ७२ पैसा कायम गरिएको छ ।
त्यस्तै, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ०६ पैसा र बिक्रीदर १०० रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।
राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE