आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिदर १३६ रुपियाँ ९९ पैसा र बिक्री दर १३७ रुपियाँ ५९ पैसा कायम गरिएको जनाएको छ ।
युरोपियन युरो एकको खरिदर १६० रुपियाँ १४ पैसा र बिक्रीदर १६० रुपियाँ ८४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिदर १८४ रुपियाँ ९४ पैसा र बिक्रीदर १८५ रुपियाँ ७५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर १७१ रुपियाँ ९८ पैसा र बिक्रीदर १७२ रुपियाँ ७३ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिदर ९० रुपियाँ १४ पैसा र बिक्रीदर ९० रुपियाँ ५३ पैसा, क्यानेडियन डलर एकको खरिदर १०० रुपियाँ ६ पैसा र बिक्रीदर १०० रुपियाँ ५० पैसा, सिङ्गापुर डलर एकको खरिदर १०६ रुपियाँ ९९ पैसा र बिक्रीदर १०७ रुपियाँ ४६ पैसा निर्धारण गरिएको छ।
जापानी येन १० को खरिदर नौ रुपियाँ २९ पैसा र बिक्रीदर नौ रुपियाँ ३३ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपियाँ ११ पैसा र बिक्रीदर १९ रुपियाँ १९ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपियाँ ५३ पैसा र बिक्रीदर ३६ रुपियाँ ६९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ५८ पैसा र बिक्रीदर ३७ रुपियाँ ७५ पैसा निर्धारण गरिएको छ।
केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिदर चार रुपियाँ २२ पैसा र बिक्रीदर चार रुपियाँ २४ पैसा, युएई दिराम एकको खरिदर ३७ रुपियाँ ३० पैसा र बिक्रीदर ३७ रुपियाँ ४६ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३२ रुपियाँ २१ पैसा र बिक्रीदर ३२ रुपियाँ ३६ पैसा, साउथ कोरियन वन एक सयको खरिद ९ रुपियाँ ९३ पैसा र बिक्रीदर ९ रुपियाँ ९८ पैसा, स्वीडिस क्रोनर एकको खरिदर १४ रुपियाँ ३३ पैसा र बिक्रीदर १४ रुपियाँ ३९ पैसा र डेनिस क्रोनर एकको खरिदर २१ रुपियाँ ४६ पैसा र बिक्री दर २१ रुपियाँ ५५ पैसा तोकिएको छ। भारतीय रुपियाँ एक सयको खरिदर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ। राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE