बामदेव गौतम नेकपा एकीकृत समाजबादीमा आएपछि किन खुशी छन् माधव–झलनाथ ?
माधव र झलनाथको अंगालोमा बामदेव !

काठमाडौं । कुनै बेला नेकपा एमालेमा मात्र होइन नेपाली राजनीतिमा नै शक्तिशाली चीनीने नाम हो वामदेव गौतम । राजनीति इतीहासमा पार्टीको नवौँ महाधिवेशन होस् या सामाजीक परीभेषमा जता वामदेव, उतै बहुमत भन्ने भाष्य व्यापक थियो । माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका खेल्नेदेखि विभिन्न कालखण्डमा नेपाली राजनीतिमा वामदेवको छुट्टै छाप रहेको छ ।
नेकपा एमालेको उपाध्यक्ष मात्र होइन तत्कालीन नेकपाको उपाध्यक्षसमेत भइसकेका वामदेव अहिले लामो समयदेखि आफ्नै अलग अस्तित्वका लागि संघर्षरत गर्दा गदै एकीकृत समाजवादी मा समाहित भएका छन् । असार २७ गते भएको औपचारिक समझदारीपछि शुक्रबार साउन २ गते राष्ट्रिय सभागृहमा आयोजित विशेष कार्यक्रममार्फत उनी नेतृत्वको “नेकपा एकता राष्ट्रिय अभियान“ एकीकृत समाजवादीमा मिसिएका हुन ।
नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम चार वर्ष लामो प्रयासपछि शुक्रबार माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समावादीमा विलय भएका छन्।नेकपा एमालेमा फर्किने कोसिस सफल नभएपछि उनले अन्ततः त्यही पार्टीबाट चोइटिएको समूहमा आफूलाई पनि समाहित गरेका हुन् । नेपाल राष्ट्रिय एकता अभियान र नेकपा (एकीकृत समाजवादी) बीचको एकता कार्यक्रमलाई सम्बोधन गर्दै नेता गौतमले आफूले नेतृत्व लिएको आन्दोलन अहिलेसम्म असफल नभएको दाबी गरेका छन् । उनले आफूले जिम्मा लिएको आन्दोलन अहिलेसम्म सफल मात्रै भएको जिकिर गरे ।
उनले नेपालमा कम्युनिष्ट पार्टी एउटै निर्माण गर्नुपर्ने बताए । एक्लै हुँदा सफल हुन नसकेको भन्दै अब आफू एकता गरेर नेकपा एकीकृत समाजवादी मा आएको उनको भनाई थियो । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेसँग एकताको कुनै सम्भावना नरहेको बताए । नेपालले आफूले त्यहाँभित्रकै अवस्था राम्रोसँग देखेको भन्दै एमालेसँग एकता हुन्छ की भनेर भ्रम नपाल्न आग्रह गरे । उनले कम्युनिष्टहरु बिग्रिएपछि धेरै गन्हाउने गरेको भन्दै त्यही अवस्था अहिले आफूले देखिरहेको बताए । उनले आफ्नो पार्टीलाई सिध्याउन नेकपा एमालेले प्रयत्न गरिरहेको आरोप लगाउदै, पार्टीलाई बलियो बनाउन नेपाल राष्ट्रिय एकता अभियानसँगको एकताको भुमिका महत्वपूर्ण रहने बताए ।
सम्मानित नेता झलनाथ खनालले नेपाल राष्ट्रिय एकता अभियानसँगको एकतालाई कम्युनिष्ट आन्दोलनको एकताका रुपमा अघि बढाउनुपर्ने बताए । नेपाल आज समाजवादी क्रान्तिको रुपान्तरणको युगमा रहेको र होशियारीपूर्वक अघि बढ्नुपर्ने खाँचो रहेको उनको भनाई थियो ।
२०७७ पुस २५ गते, एमाले–माओवादी एकता सर्वोच्च अदालतले बदर गरेपछि वामदेवले नयाँ ‘एकता राष्ट्रिय अभियान’ चलाएका थिए । वामदेव स्वयं पार्टी भन्दा पनि अभियानलाई नै निर्वाचन आयोगमा दर्ता गरेर अभियानको नाममा संगठन चलाउँदै थिए । एकता सभाले वामदेवको नयाँ यात्रा घोषणा गरेको छ । तर, यो यात्रा उकालो हुनेछ कि ओरालो ? त्यसको निर्धारण उनका भूमिकाले गर्नेछ । विगतमा वारम्बार राजनीतिक पुनरागमन गरेका वामदेवले योपटक आफूलाई पुन स्थापित गर्न सक्लान् कि सम्मानजनक वीश्राम तर्फ अग्रसर हुन्छन् भन्ने प्रश्न उठेको छ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE