शुक्रबार, कार्तिक २२, २०८२
Friday, November 7, 2025

स्वास्थ्यलाई प्राथमिकता दिँदै भारतका उपराष्ट्रपति जगदीप धनखरद्वारा राजीनामा

  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

काठमाडौं । भारतका उपराष्ट्रपति जगदीप धनखरले राजीनामा दिएका छन् ।

धनखरले आफ्नो स्वास्थ्यलाई प्राथमिकता दिँदै तत्कालदेखि लागू हुने गरी भारतको उपराष्ट्रपति पदबाट राजीनामा दिएको घोषणा गरेका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

राजीनामा दिएका धनखरको १४औं उपराष्ट्रपतिको रूपमा पाँच वर्षे कार्यकाल अगस्ट १०, २०२७ मा समाप्त हुँदै थियो ।

पेशाले वकिल धनखर उपराष्ट्रपति निर्वाचित हुनुअघि पश्चिम बंगालका राज्यपाल थिए ।

धनखरको राजीनामा पछि उपराष्ट्रपतिको पदको रिक्तता भर्ने उद्देश्यले नयाँ चुनाव गरिनेछ । यस सम्बन्धी उपराष्ट्रपतिको सचिवालयले पनि जानकारी दिएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x