कांग्रेस पदाधीकारी बैठक बस्दै,सरकारको समीक्षालगाएमा छलफल
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्दैछ ।
सभापति शेरबहादुर देउवाले बिहान ९ बजेका लागि पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् । बैठक देउवा निवास बुढानिलकण्ठमा बस्ने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
बैठकमा केही मन्त्रीलाई पनि बोलाइएको जनाइएको छ । बैठकमा पार्टीभित्रको आन्तरिक गतिविधि, एमालेसँगको सहकार्य र पार्टीबाट सरकारमा गएका मन्त्रीहरूको समीक्षालगायत विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।
सरकारले अघि बढाएको विभिन्न विधेयक र प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर कांग्रेसभित्र असन्तुष्टि चर्किएको छ । भुमी विधेयक र निजामति सेवा विधेयकमा रहेको कुलिङ अफ पिरियडकाु विषयलाई लिएर पछिल्लो समय सत्तारुढ दलबीच खटपट पैदा भएको छ ।
यता, अनुशासन आयोगको कारबाहीले पनि इतर पक्ष चिढिएको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE