गृहमन्त्रीको निर्देशनः खानेपानी र सिंचाईको समस्या भएका स्थानको पहिचान गरी छिटो बोरिङ गर्ने वातावरण मिलाउनू

काठमाडौं । गृहमन्त्री रमेश लेखकले खानेपानी र सिंचाईको समस्या भएको स्थानहरुको पहिचान गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका छन् । शनिवार सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन ।
तराईका विभिन्न जिल्लाहरुमा खानेपानी र सिंचाईको समस्या विकराल बनिरहेको छ । यसै सम्बन्धमा गृहमन्त्री लेखकले तराईका जिल्लाका प्रमुख जिल्ला अधिकारी र स्थानीय प्रतिनिधिहरुसँग छलफल गरेका हुन । छलफलपछि उनले खानेपानी र सिंचाईको समस्या भएको स्थानहरुको पहिचान गर्न र पहिचान भइसकेका स्थानहरु सरकारलाई उपलब्ध गराउन निर्देशन दिए ।
उक्त स्थानहरुको पहिचान गरी वैकल्पिक श्रोत र वैकल्पिक श्रोतहरुको पहिचान, वैज्ञानिक वितरणको व्यवस्था मिलाउन पनि निर्देशन दिए । कुनकुन ठाउँमा डिप बोरिङ गर्ने भन्ने स्थानहरु पनि पहिचान गर्न र आवश्यकतालाई प्राथमिकीकरण गरी छिटो प्रक्रियाबाट डिप बोरिङ ट्युबेल जडान गर्नेकुरामा ध्यान दिन निर्देशन दिए ।
गृहमन्त्री लेखकले भने, ‘पहिलो कुरा खानेपानी र सिंचाईको समस्या भएको स्थानहरुको पहिचान गर्नुप¥यो । कतिपयको तपाईंहरुले पहिचान गरिसक्नुभएको छ होला । चापाकलहरु सुकेको, बोरिङहरु सुकेको, ट्युबेलहरु सुकेको कुरा, ड्युब ट्युबेलहरु सुकेको कुरा पनि आइसकेको छ । नदीहरु सुकेको कुरा पनि राख्नुभएको छ ।
खानेपानी र सिंचाईको समस्या भएको ठाउँको पहिचान गर्नुप¥यो । अहिलेसम्म जति पहिचान भएका छन्, थपलाई पनि पहिचान गरेर राख्नुपर्छ । वैकल्पिक श्रोत र वैकल्पिक श्रोतहरुको पहिचान, वैज्ञानिक वितरणको व्यवस्था मिलाउनुपर्छ । प्रमुख जिल्ला अधिकारीहरुले यसको व्यवस्था मिलाउनु होला । हिजो मात्रै सम्माननीय प्रधानमन्त्रीज्युले बोरिङ गर्ने भनेर घोषणा गर्नुभएको छ । कुनकुन ठाउँमा गर्ने त्यो ठाउँको पहिचान गर्नुपर्छ । आवश्यकतालाई प्राथमिकीकरण गर्नुपर्छ । छिटो प्रक्रियाबाट डिप बोरिङ ट्युबेल जडान गर्नेकुरामा ध्यान दिनुहोला ।’
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE