बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

आजका लागि विदेशी मुद्रको विनिमय दर निर्धारण

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ १३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७३ पैसा निर्धारण गरिएको राष्ट्र बैङ्कले जनाएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ६१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ०१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ९९ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४३ पैसा कायम गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ४९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ २१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९७ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x