बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

कुलिङ अफ पिरियडबारे प्रचण्डले दिएको अभिव्यक्ति प्रति योगेशको काउन्टर,प्रचण्डमाथि छानविन गर्न माग

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

काठमाडौं । नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले ‘कुलिङ अफ पिरियड’का बारेमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नै छानबिनको दायरामा ल्याउनु पर्ने बताएका छन् ।
सचिव भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत दाहाललाई सम्बोधन गर्दै संघीय निजामति सेवा गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थ गर्न बनेको विधेयकमा कुलिङ अफ पिरियडका बारेमा प्रधानमन्त्री लक्षित अभिव्यक्ति दिएकोप्रति गम्भीर ध्यानआकर्षण भएको उल्लेख गरेका हुन् ।

उनले पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डमाथि यस प्रकरणमा तीन वटा कारणले छानबिन गर्न माग गरेका छन् । प्रचण्डले शनिबार एक कार्यक्रममा यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओली आथि छानबिन गर्नुपर्ने अभिव्यक्ति दिएपछि भट्टराईले त्यसको कडा प्रतिवाद गरेका हुन् ।

विधेयक दर्ताका बेला प्रचण्ड नै प्रधानमन्त्री भएको उल्लेख गर्दै उनले प्रचण्डको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले यो विधेयकलाई संसदमा पेश गर्न स्विकृति दिएको बताउदै तर, त्यस बेला कुलिङ अफ पिरियडको कुनै व्यवस्था नगरिएको उनको भनाइ छ ।

यसले गर्दा प्रचण्ड कुलिङ अफ पिरियडको पक्षमा हुनुहुन्थेन भन्ने स्पष्ट पार्ने उनको दाबी छ । भट्टराईले आज विपक्षी बेन्चमा पुगेपछि एकाएक कुलिङ अफ पिरियडको भूत कसरी जाग्यो भन्दै प्रश्न समेत गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x