३० आश्विन २०८३, शुक्रबार

नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च, २ लाख ५८ हजारमा कारोबार

0
Shares


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

आज सुन प्रतितोला दुई लाख ५८ हजारमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदी प्रतितोला तीन हजार ३५० मा किनबेच हुनेछ । बिहीबार सुन प्रतितोला दुई लाख ५० हजार ९०० र चाँदी प्रतितोला तीन हजार २७५ मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा सुन आज प्रतिऔँस चार हजार ३६० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।