दुग्धजन्य वस्तुहरु विदेशबाट आयात भइरहेका छन्, नेपालमै उत्पादन गरेर प्रतिस्थापन गर्न लागौं : ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा दुग्धजन्य वस्तुहरु विदेशबाट आयात भइरहेको बताउँदै त्यसलाई प्रतिस्थापन गर्नेगरी उत्पादन बढाउन जरुरी रहेको बताएका छन् ।
मंगलवार काठमाडौंमा आयोजना गरेको नेपाल डेरी एशोसिएशनले राजधानीमा गरेको खिर प्रवद्र्धन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले हस्पिटालिटी क्षेत्रले अहिलेपनि कतिपय ‘डेरि आइट’ हरु मुलुकबाहिरबाट मगाउनुपर्ने बाध्यता रहेको बताए । उनले त्यो बाध्यतालाई हटाउँदै विश्वस्तरको मापदण्ड पूरा गर्दै नेपालमै दुग्धजन्य विभिन्न वस्तुहरु उत्पादन हुनुपर्नेमा जोड दिए ।
अध्यक्ष ढकालले दुग्धजन्य वस्तुहरु आयातमा करौडौं नेपाली मुद्रा बाहिर गइरहेको बताए । उनले दुधजन्य विभिन्न वस्तुहरु उत्पादन गरेरै ठूलो रकम बाहिर जानबाट जोगाउनुपर्नेमा जोड दिए ।
उनले भने, ‘कम्तिमा पनि हाम्रा प्रोडक्टबाट आयात प्रतिस्थापन गरौं । उत्पादन गरेर बाहिर निर्यात गर्नका लागि के गर्न सकिन्छ, त्यसमा लागौं । त्यसका लागि नेपाल उद्योग वाणिज्य महासंघले सरकारलाई घचघचाउनुपर्छ भने पनि तयार छ । डेरी उद्योगका मागप्रति सरकार गम्भीर हुनुपर्छ ।’
डेरी एशोसिएशनका अध्यक्ष दाहालले देशमा मही प्याकेटिङ गरेर उद्योगहरुले बजारमा ल्याइरहेको बताउँदै त्यसलाई राज्यले प्रवद्र्धन गर्न जोड दिनुपर्ने बताए । उनले महीको खपत अहिले राम्रो भइरहेको बताउँदै त्यसको खपत अझ बढाउन राज्यले सहयोग गनुपर्नेमा जोड दिए ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE