बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

चुरे विनाश नरोकिए सभ्यता नै विनाश हुन्छ : रामवरण यादव

  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares

जनकपुरधाम । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले चुरे विनाश नरोकिए सभ्यता नै विनाश हुने खतरा रहेको बताएका छन् ।

जनकपुरधाम उपमहानगरपालिका २४ मा रहेको गोगलप्रसाद नमूना माध्यमिक विद्यालयको ७५ वर्ष पूरा गरेको अवसरमा आयोजित हिरक महोत्सवलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले चुरे विनाश हुँदै गइरहेकोप्रति चिन्ता व्यक्त गरेका हुन् ।

उनले अन्नको भण्डार, माछाको भण्डार, फलफूलको भण्डार रहेको मधेस चुरे विनाशका कारण मरुभूमिकरणतर्फ अग्रसर भइरहेको बताए । उनले चुरे विनाश रोक्न स्थानीयलाई अग्रसर हुन समेत आह्वान गरे ।

पूर्वराष्ट्रपति यादवले चुरेको वन विनाश गरेर मदन भण्डारी राजमार्ग बनाउन लागिएकोमा समेत चिन्ता व्यक्त गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x