बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

उपेन्द्र यादवको प्रश्न – दरबार हत्याकाण्ड र दासढुङगा काण्ड कसले गरायो ?

  • 30
  •  
  •  
  •  
  •  
  •  
  •  
    30
    Shares

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले दरबार हत्याकाण्ड कसले गरायो ? भन्दै प्रश्न गरेका छन् ।

उनले नेपालका कतिपय घटनाहरु रहस्यमय तरिकाले भएको बताए । उनले दरबार हत्या काण्ड, दासढुङगा काण्ड कसले गरायो ? भन्ने प्रश्न अझै अनुत्तरित रहेको जिकिर गरे ।

देशको राष्ट्रप्रमुख, दरबारको सुरक्षाभित्र दरबार हत्या काण्ड कसरी भयो ? जनताले जान्न चाहेको उनले बताए । अध्यक्ष यादवले नेपालमा कसैले सोच्दै नसोचेको र चिताउँदै नचिताएका घटनाहरु हुने गरेको धारणा राखे ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा अध्यक्ष यादवले अनुमानको आधारमा कसैले कसैमाथि आरोप लगाउन नहुने बताए । उनले १८ वर्षअघिको बहुचर्चित गौर नरसंहारमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरे ।

यादवले सो घटनाको अनुसन्धान भइसकेको बताउँदै चार/चार वटा संस्थाले अनुसन्धान गरेको समेत बताए । राष्ट्रसंघीय संस्थाहरुले समेत आएर अनुसन्धान गरेर प्रतिवेदन दिएको उनले जिकिर गरे ।

उनले भने, ‘कतिपय कुराहरु नेपालमा रहस्यमय छ । दरबार हत्या काण्ड कसले गरायो ? दासढुङगा काण्ड कसले गरायो ? धेरै कुराहरु के छन् त भन्दाखेरी अझै पनि अज्ञान नै रहेको छ । धेरै कुराहरु थाहा नभइसकेको अवस्था पनि छ । देशको राष्ट्रप्रमुख, त्यो पनि त्यत्रो सुरक्षाभित्र घटना घट्यो, कसरी घट्यो । कसले घटायो । यो मुलुकमा कसैले सोच्दै नसोचेको, चिताउँदै नचिताएका कुराहरु पनि हुँदो रहेछ । अनुमानको आधारमा कसैले कसैमाथी आरोप लगाउन त सजिलो कुरा हो । तर त्यसको अनुसन्धान त भइसकेको छ नी । एउटा होइन, चार/चार वटा राष्ट्रसंघीय संस्थाहरुले समेत आएर अनुसन्धान गरिसक्यो, प्रतिवेदन दिइसक्यो । यो कुनै नयाँ कुरा त होइन ।’

उनले गौरमा माओवादीका छापामारले आक्रमण गर्दा आफ्ना पार्टीका मान्छेहरु त्यहाँ नरहेको दाबी गरे ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x