शुक्रबार, पुस ११, २०८२
Friday, December 26, 2025

नेप्सेमा तीन पटक नकारात्मक सर्किट लागेपछि कारोबार बन्द

  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares

काठमाडौं । जेन जी आन्दोलनपछि पहिलो पटक खुलेको शेयर बजारमा बिहीबार तेस्रो सर्किट ब्रेक लागेर बन्द भएको छ ।

बिहीवार खुलेको दुई मिनेटमै पहिलो पटक ४ प्रतिशत नेप्से परिसूचक घटेर नेगेटिभ सर्किट ब्रेक लागेको थियो । त्यसपछि बजार २० मिनेटका लागि कारोबार बन्द भयो । ११ बजेर २२ मिनेटमा खुलेको कारोबार एक मिनेट नहुँदै दोस्रो सर्किट ब्रेक लागेको थियो । दोस्रो सर्किट ब्रेक लाग्दा बजारमा २८ करोड ७५ लाख रुपैयाँको कारोबार भएको थियो । परिसूचक भने १३३.६१ अंकले घटेर २५३८.६३ को बिन्दुमा ब्रेक लागेको थियो ।

दोस्रो पटक सर्किट ब्रेक लागेपछि कारोबार ४० मिनेट बन्द भयो । १२ः४ मा तेस्रो पटक खुलेको कारोबार खुलेलगत्तै पुनः १ प्रतिशत ऋणात्मक वृद्धि हुँदा नेप्सेको समग्र गिरावट ६ प्रतिशत पुग्यो । योसँगै बिहीवारका लागि कारोबार बन्द भयो ।

यो अवधिसम्म लगानीकर्ताले ७२ करोडको मात्रै सेयर कारोबार गरेका छन् भने सबैभन्दा धेरै व्यापार समूहको सूचकमा गिरावट देखिएको छ । यो समूहको ९.३४ प्रतिशतले सूचक घट्दा अरु सबै समूहको सूचकमा गिरावट देखिएको छ ।

६ प्रतिशत घट्दा नेप्से परिसूचक १६० अंक घटेर २५११ मा कायम भएको छ । कुल करिव ४ मिनेट मात्रै कारोबार भयो ।

अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकार छँदा शेयर बजार सकारात्मक दिशामै अघि बढेको थियो । पूर्वप्रधानन्यायधिश सुशीला कार्की नेतृत्वको वर्तमान सरकारमा अर्थमन्त्री रामेश्वर खनाल छन् । लगानीकर्ताको विश्वास जित्नेगरी काम गर्न नसके सेयर बजार निरन्तर ओरालो लाग्ने खतरा देखिएको छ ।

यसअघि पनि सरकार परिवर्तन हुँदा नेप्सेमा त्यसको असर देखिँदै आएको छ । नीतिगत परिवर्तन हुँदा पनि सेयरबजारमा उचारचढाव हुने गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x