शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

नेपालमा पहिलो कोरियन एजुकेशन फेयर हुने

काठमाडौं । नेपालमा पहिलो पटक कोरियन एजुकेशन फेयर हुने भएको छ । नेपाल शैक्षिक परामर्श सेवा संघले शनिवार काठमाडौमा पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो ।

दक्षिण कोरिया नेपाली विद्यार्थीको आर्कषक गन्तव्य बन्दै गएको संघको भनाई छ । कोरियाली विश्वविद्यालयले कम शुल्कमा नै गुणस्तरीय शिक्षा प्रदान गर्ने जनाइएको छ ।

मेला को–अडिनेटर रविन ढकालले कात्तिक २२ गते शनिबार होटल एभरेष्टमा एजुकेशन फेयर हुने जानकारी दिए । उनले कोरियालाई वैदेशिक अध्ययनको गन्तव्य बनाउन चाहनेलाई उक्त फेयरमा सहभागी हुन आग्रह समेत गरे ।

कोरियामा अंग्रेजी भाषामा स्नातक पढ्न पाईने, शत प्रतिशतसम्मको छात्रवृत्ति, अध्ययनपछि पार्टटाईम जब, पढाईसकिएपछि वर्किक भिषा पाईने लगायतका सुविधा रहेको संघले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x