शुक्रबार, पुस ११, २०८२
Friday, December 26, 2025

पूर्व आईजीपी, सीडीओ र गृहसचिवको विदेश भ्रमण फुकुवा

काठमाडौं। जाँचबुझ आयोगले तीन जनाको स्थानहद फुकुवा गरेको छ ।मंगलबार एक पत्र पठाउँदै आयोगले तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, आईजीपी चन्द्रकुवेर खापुङ र काठमाडौंका सीडीओ छविलाल रिजालको स्थानहद फुकुवा गरेको हो । आयोगका उपसचिव कमलप्रसाद पाण्डेले पठाएको उक्त पत्रमा उनीहरूको स्थानहद फुकवा गरिएको र विदेश भ्रमण गर्न समेत पाउने बताइएको छ ।

उनीहरूको बयान सकिएकाले स्थानहद फुकुवा गरिएको जनाइएको छ । यसअघि गुप्तचरका तत्कालीन प्रमुख हुतराज थापाको बयान सकिएपछि उनको पनि स्थानहद फुकुवा गरिएको थियो । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा छानबिन गर्नुपर्ने भन्दै उनीहरूलाई स्थानहद तोकिएको थियो ।।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x