शुक्रबार, पुस ११, २०८२
Friday, December 26, 2025

२०२६ को आम चुनावमा शेख हसिनाको पार्टी बहिष्कृत

काठमाण्डौ । बंगलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिग फेब्रुअरी २०२६ मा हुने राष्ट्रिय संसदीय चुनावमा भाग लिन नसक्ने स्पष्ट पारेको छ ।

सरकारले पार्टीको गतिविधिमा प्रतिबन्धका कारण चुनाव लड्न अनुमति नदिने बताएको हो ।मे महिनाको सुरुमा अन्तरिम सरकारले अवामी लिग र यसका सबै सम्बद्ध र सहयोगी संस्थाहरूको गतिविधिमा प्रतिबन्ध लगाउने राजपत्र सूचना जारी गरेको थियो । यो सूचना गृह मन्त्रालयको सार्वजनिक सुरक्षा विभागले जारी गरेको थियो ।

सरकारले यो कारबाही आतंकवाद विरोधी संशोधन अध्यादेशअन्तर्गत गरिएको र अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणमा मुद्दा पूरा नभएसम्म प्रतिबन्ध लागु रहने बताएको छ ।हाल अवामी लिगका धेरै नेताहरूले अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणमा मुद्दाको सामना गरिरहेका छन् र पार्टीको दर्ता निलम्बित गरिएको छ ।गत वर्ष जुलाईमा विद्यार्थी नेतृत्वको विद्रोहपछि पूर्वप्रधानमन्त्री शेख हसिनाको सरकार अपदस्थ भएको करिब एक वर्षपछि बङ्गलादेश फेब्रुअरी २०२६ मा राष्ट्रिय निर्वाचनतर्फ अग्रसर भइरहेको छ । तर पूर्वप्रधानमन्त्री शेख हसिनाले अवामी लिगबिनाको चुनावलाई ‘चुनाव नभई राज्याभिषेक’ को संज्ञा दिएकी छन् ।राजनीतिक तनाव चुलिँदै गएको अवस्थामा बङ्गलादेशले फेब्रुअरी २०२६ मा हुने निर्वाचनलाई निर्णायक मोडका रूपमा हेरिरहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x