मङ्लबार, माघ ७, २०८२
Tuesday, January 20, 2026

तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो, उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली

काठमाडौं ।     तराई र मधेशमा आज पनि हुस्सु र कुहिरो लागेको छ । तराईका सबैजसो ठाउँमा हुस्सु र कुहिरो लागेको र दिउँसो पनिे कायमै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हुस्सु र कुहिरोको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । तराईमा लगातारको बाक्लो हुस्सु र कुहिरोले जनजीवन प्रभावित हुँदै आएको छ ।

चिसोका कारण विपन्न वर्ग, मजदुर बढी मर्कामा परेका छन् । बालबालिका, वृद्धवृद्धा बिरामी पर्नेक्रम बढेको छ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा आज मौसम आंशिक बदली भएको छ भने अन्य स्थानको मौसम सामान्यतया सफा नै छ ।

आज बिहान पौने ६ बजेको मापन अनुसार काठमाण्डौ उपत्यकामा न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x