मङ्लबार, माघ ७, २०८२
Tuesday, January 20, 2026

कांग्रेसको बृहत् तरुण, विद्यार्थी एवं महिला भेला स्थगित

काठमाडौँ । नेपाली कांग्रेसका भ्रातृ संस्थाहरूले भोलि ९पुस २७ गते० गर्ने तय भएको बृहत् तरुण, विद्यार्थी एवं महिला भेला स्थगित भएको छ । पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री होमनाथ दाहालको निधनमा केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले काङ्ग्रेस केन्द्रीय कार्यालय, प्रदेश कार्यालय, जिल्ला कार्यालय २७ गते बन्द गर्ने र केन्द्र ,प्रदेश र जिल्ला कार्यालयमा ३ दिन पार्टीको झन्डा आदि झुकाउने निर्णय गरेकाले भेला स्थगित गरिएको उनीहरूले विज्ञप्तिमार्फत जनाएका छन् ।

विज्ञप्तिमा नेपालको लोकतान्त्रिक आन्दोलनका योद्धा, पूर्वमन्त्री, वरिष्ठ पत्रकार दाहालको निधनले आफूहरू स्तब्ध भएको उल्लेख छ । नेपाल विद्यार्थी संघ, तरुण दल, महिला सङ्घ, किसान महासंघ सहितले भोलि संयुक्त युवा भेला गर्ने निर्णय गरेका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x