मङ्लबार, माघ ७, २०८२
Tuesday, January 20, 2026

कांग्रेस विशेष महाधिवेशन सुरु

काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशन काठमाडौंमा सुरु भएको छ ।

काठमाडौंको भृकुटिमण्डपमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको उद्घाटन गर्नुभएको हो । विशेष महाधिवशेनमा कांग्रेस पूर्वउपसभापति गोपालमान श्रेष्ठ, डिला सङ्ग्रौला, चिनकाजी श्रेष्ठ, पुष्पा भुसाल, चन्द्र भण्डारी, केदार कार्कीसहितका नेताहरु सहभागी भएका छन् । उद्घाटनसत्रमा सहभागी हुन पार्टी नेतृत्वलाई आमन्त्रण गरेपनि उनीहरु भने उपस्थीत भएनन् ।

विशेष महाधिवेशन अन्तर्गत बन्द सत्रमा पार्टीका आन्तरिक लगाएतका बिषयमा छलफल गर्ने र आवश्यक निर्णय हुने नेताहरुले जनाएका छन् । तर प्रतिनिधिहरुले विशेष महाधिवेशनको बन्दसत्रबाटै पार्टीको नेतृत्व परिवर्तनका लागि दवाव दिने तयारी गरेका छन् ।

संस्थापन पक्षको असहमतिकाबीच विशेष महाधिवेशन आयोजना गरेपनि यसका कारण पार्टी बिभाजन नहुने बरु थप बलियो र एकजुट भएर अघि बढ्ने उनीहरुको विश्वास छ । विशेष महाधिवेशनको उद्घाटनसंगै बन्दसत्र पुस २८ गते सोमबार भृकुटीमण्डपको सभाहलमा हुने बताइएको छ ।

तोकिएको पार्टीको नियमित महाधिवेशन हुन नसकेपछि महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संकलन गरी पार्टी विधानको धारा १७ (२) बमोजिम विशेष महाधिवेशनको माग गरिएको थियो ।

सोहि अनुसार महामन्त्रीद्वय थापा र शर्माको नेतृत्वमा विशेष महाधिवेशन आयोजना गरिएको हो । कांग्रेस संस्थापन पक्षले भने नियमित महाधिवेशनको मिति तय भइसकेको भन्दै विशेष महाधिवशेनलाई अस्वीकार गरेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x