दल र उम्मेदवारका लागि छुट्टै बैंक खाता सञ्चालन गरिदिन राष्ट्र बैङ्कलाई आयोगको आग्रह
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको चुनावमा दल र उम्मेदवारका लागि छुट्टै बैंक खाता सञ्चालन गरिदिन नेपाल राष्ट्र बैङ्कलाई आग्रह गरेको छ ।
आयोगले केन्द्रीय बैङ्कलाई पत्राचार गरी उम्मेदवारले चुनावी खर्च गर्दा बैङ्क खातामार्फत गर्न र उम्मेदवारको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने व्यवस्था भएकाले यस्तो खाता सञ्चालन गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेको हो ।
निर्वाचन आचारसंहिताको दफा–१६ मा उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैड्क वा वित्तीय संस्थामा छुट्टै खाता खोली त्यही खाताबाट गर्नुपर्ने उल्लेख छ ।
राजनीतिक दलले पनि निर्वाचनसम्बन्धी खर्च गर्दा बैड्क वा वित्तीय संस्थामा छुट्टै खाता खोली दलले तोकेको जिम्मेवार पदाधिकारीद्वारा खोलिएको खातामार्फत खर्च गर्नुपर्ने, २५ हजार रुपैयाँभन्दा धेरैको आर्थिक सहयोग प्राप्त गर्दा बैङ्क वा वित्तीय संस्थामार्फत गर्नुपर्ने व्यवस्था छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE