मङ्लबार, माघ २८, २०८२
Tuesday, February 10, 2026

सिंहदरबार जलाउने काम हुँदैन भन्नेकुराको ग्यारेन्टी काँग्रेसले मात्रै गर्नसक्छः गगन थापा

काठमाडाैं ।  नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले फेरि सिंहदरबार जल्दैन भन्नेकुराको ग्यारेन्टी आफ्नो पार्टीले मात्रै गर्नसक्ने दाबी गर्नुभएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले भाद्र २३ र २४ को घटनाको चित्रण गर्दै आगामी निर्वाचनपछि सरकारले गोली चलाउने र अर्कोले सिंहदरबार जलाउने काम हुँदैन भन्ने कुराको ग्यारेन्टी नेपाली काँग्रेसले गर्ने जिकिर गर्नुभएको हो । सभापति थापाले युवा, बुढापाका सबै नागरिकसँग संवाद गरेर काँग्रेसले निर्वाचन पछि देश विकासको नयाँ अध्याय शुरु गर्ने समेत बताउनु भयो । उहाँले काँग्रेसले देशलाई सम्हाल्ने कामको नेतृत्व गर्न चाहेको समेत बताउनु भयो । सभापति थापाले देशलाई बदल्नका लागि आम नागरिकलाई भरोसा जगाउने काममा आफ्नो पार्टी लाग्ने पनि बताउनु भयो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x