प्राप्त उपलब्धिको रक्षा र राजनीतिक स्थिरताका लागि नेपाली काँग्रेस नेतृत्वको सरकार अपरिहार्यः उपसभापति भुसाल
काठमाडौं। नेपाली काँग्रेसकी उपसभापति पुष्पा भुसालले मुलुकलाई राजनीतिक स्थिरताको बाटोमा अघि बढाउन निर्वाचनपछि नेपाली काँग्रेस नेतृत्वमा स्थायी सरकार निर्माण अपरिहार्य भएको बताएकी छिन् ।
बिहीवार सुर्खेतमा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति भुसालले यस्तो बताएकी हुन् । उनले पुस्तान्तरणको मुद्दालाई पार्टीले स्थापना गरिसकेको दाबी गर्दै आउने प्रदेश र स्थानीय तहको निर्वाचनसम्म प्रतिज्ञा प्रत्रको कार्यान्वयनबारे मतदाताले प्रश्न गर्ने वातावरण सिर्जना हुन नदिने प्रतिवद्धता समेतच व्यक्त गरिन् । उनले महिला, दलित र जनजातिलाई मुलुकको विकासको मूलधारमा ल्याउन नयाँ दृष्टिकोणसहित परिवर्तनको नेतृत्व गरेको काँग्रेसलाई मतदान गर्न समेत अपिल गरिन् । कानून, नियम र संविधानभन्दा माथि कोही पनि नहुने शासन प्रणाली स्थापित नभएसम्म राजनीतिक उपलब्धिको संरक्षण गर्न नसकिने उल्लेख गर्दै उनले त्यसको लागि फागुन २१ को निर्वाचनपछि काँग्रेसको सरकार अनिवार्य भएको जिकिर गरिन् ।
उनले भनिन्, ‘हामीले पुस्तान्तरण्को मुद्दालाई स्थापित गरिसकेका छौँ । कर्णाली क्षेत्रमै पनि नयाँ उम्मेदवारहरुलाई जनतामाझ पुर्याएका छौँ । भोलिको दिनमा प्रदेश र स्थानीय तहको निर्वाचनको उम्मेदवार पनि आउँदै गर्दा कुनैपनि मतदाताले प्रतिज्ञा पत्रमा लेखेका कुरा किन कार्यान्वयन भएनन् भनेर सोध्न नपरोस् । ती उम्मेदवार प्रतिनिधिहरुले शीर निहुराउन नपरोस् भनेर नेपाली काँग्रेसले सत्ताको बोगडोर सम्हाल्दैछ । अहिले महिला, दलित, जनजातिलाई मुलुकको विकासको मुलधारमा ल्याउनुपर्छ भनेर नयाँ दृष्टिकोणसहित आएका जसले परिवर्तनको नेतृत्व गरेर आउनुभएको छ । जबसम्म यो मुलुकका नेता तथा जनता कानून, नियम र संविधानभन्दा माथि ठान्नु हुँदैन भन्ने किसिमको शासन प्रणाली स्थापित हुँदैन तबसम्म हामीले प्राप्त गरेका उपलब्धीहरु द्धन्द्ध र राजनीतिक अस्थिरताले कमजोर नबनाओस् भनेर हामीले जेनजी आन्दोलनको मागहरुलाई सम्मान गरेका छौँ । सुशासन हाम्रो मूलमन्त्र हो । समृद्धि हाम्रो सपना हो । र भ्रष्टाचारमुक्त समाज हाम्रो प्रण हो भन्दै हामीले त्योलाई सम्मान गरेका छौँ ।’
उनले कर्णाली प्रदेशलाई विकासको केन्द्रमा राखी यहाँको पर्यटन तथा उत्पादनका लागि महत्वपूर्ण योजना समेत प्रश्तुत गरिन् ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE