सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

पश्चिम नवलपरासी– २ मा रास्वपाका नरेन्द्रकुमार गुप्ता विजयी

काठमाडौं । पश्चिम नवलपरासी–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नरेन्द्रकुमार गुप्ता प्रतिनिधिसभा सदस्य पदमा विजयी भएका छन् । नवलपरासी–२ को अन्तिम मतगणनाअनुसार उनले ४४ हजार १३८ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

उनले नेपाली कांग्रेसका उम्मेदवार भीमबहादुर थापा क्षेत्रीलाई २८ हजार १९३ मतान्तरले पराजित गरेका छन् । यस क्षेत्रमा नेपाली कांगे्रसका उम्मेदवार क्षेत्रीले १५ हजार ९४५ मत प्राप्त गरे।

यहाँ जनता समाजवादी पार्टी नेपालका उम्मेदवार देवेन्द्र यादवले ७ हजार २१२ तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ध्रुवबहादुर प्रधानले ४ हजार ६९१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x