बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026

इनिशा विक हत्या प्रकरणमा तथ्य र प्रमाणका आधारमा अनुसन्धान भइरहेको छ : प्रहरी महानिरीक्षक दानबहादुर कार्की

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले इनिशा विक हत्या प्रकरणमा तथ्य र प्रमाणका आधारमा अनुसन्धान भइरहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय जातीय विभेद तथा रंगभेद उन्मूलन दिवसका अवसरमा शनिबार  काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सुर्खेतको उक्त घटनामा कानुनको अक्षरशः पालना गर्दै तथ्य र प्रमाणका आधारमा अनुसन्धान भइरहेको बताएका हुन् ।

प्रहरी महानिरीक्षक कार्कीले पीडित परिवारसँग निरन्तर सम्पर्क भइरहेको र दोषीलाई कारबाहीका साथै न्याय पाउनुपर्ने आवाजको सुनुवाइ हुने प्रतिबद्धता जनाए । छिटै उक्त घटनाको निष्कर्ष बाहिर ल्याइने उनको भनाइ छ ।

उनले सबै किसिमको विभेदका विरुद्ध कानुनबमोजिम अघि बढ्ने समेत बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x