सोमवार, जेष्ठ १८, २०८३
Monday, June 1, 2026

भ्रष्टाचारजन्य कार्यलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सबै सरकारी कार्यालयलाई मुख्य सचिव अर्यालको निर्देशन

बाठमाडौं। मुख्य सचिव सुमनराज अर्यालले भ्रष्टाचारजन्य कार्यलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सबै सरकारी कार्यालयलाई निर्देशन दिएका छन् ।नेपाल सरकारका सम्पूर्ण मन्त्रालय, आयोग र कार्यालयलाई बिहीबार पत्र पठाउँदै कुनै पनि कार्यालयमा भ्रष्टाचारजन्य कार्य भएको पाइएमा निकाय÷कार्यालय प्रमुखलाई नै प्रारम्भिक रूपमा जिम्मेवार बनाइने चेतावनी दिएका छन् ।

पत्रमा आर्थिक अनियमितता, भ्रष्टाचारको रोकथाम र नियन्त्रणका लागि नीतिगत, कानुनी, संस्थागत, प्रक्रियागत र व्यवहारगत पक्षमा सुधार ल्याउन गरिनुपर्ने महत्वपूर्ण सुझावहरू उपलब्ध गराउन पनि भनिएको छ भ्रष्टाचारको अवस्था चित्रण गर्ने अन्तर्राष्ट्रिय प्रतिवेदनहरूमा नेपालको अवस्था निराशाजनक देखिँदै आएको मुख्य सचिवले पत्रमा जनाएका छन् । देशमा भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नुपर्ने मूलभूत माग राखी जेनजी युवाको अगुवाइमा आन्दोलन भएको र सोही पृष्ठभूमिमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भई हाल सरकार गठन भएको उनले उल्लेख गरेका छन् ।

मन्त्रालय÷आयोग÷कार्यालय र मातहतका निकायबाट हुने सेवा प्रवाह, विकास निर्माण, राजस्व प्रशासन, ठेक्का तथा खरिद प्रक्रियामा सार्वजनिक पद तथा अधिकारको दुरुपयोग गरी हुने गरेका भ्रष्टाचारको अन्त्य गर्नुपर्ने उनले जनाएका छन् । नागरिकले अनुभूति गर्ने स्तरमा सुशासन र सदाचार कायम गर्न सम्बन्धित सबै निकायले आवश्यक पहलकदमी लिन आवश्यक रहेको पनि उनले औंल्याएका छन् ।

मन्त्रालय÷आयोग÷कार्यालय र मातहतका निकायबाट हुने सेवा प्रवाह, विकास व्यवस्थापन र नियमित कार्य सञ्चालनमा चुस्तता, मितव्ययिता, पारदर्शिता, प्रभावकारिता एवं आचरणगत पक्षमा सुधार गरी मुलुकमा सुशासनको प्रत्याभूति गराउने व्यवस्थाका लागि उनले अनुरोध गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x