शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

निजी क्षेत्रलाई आश्वासन र प्रतिवद्धता होइन, काम गर्ने वातावरण चाहिन्छः सांसद दुलाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले निजी क्षेत्रलाई केवल आश्वासन र प्रतिवद्धता मात्र नभई काम गर्ने ठोस वातावरण आवश्यक रहेको बताएका छन् ।

निजी क्षेत्रद्वारा आयोजित एक कार्यक्रममा बोल्दै सांसद दुलालले देशको समृद्धिका लागि निजी क्षेत्रको भुमिका महत्वपूर्ण हुने बताएका हुन् । उनले आगामी बजेटमा उनीहरूलाई कसरी प्रोत्साहन गर्ने भन्ने विषय केन्द्र भागमा हुनुपर्नेमा जोड दिए। सांसद दुलालले उद्योगी र व्यवसायीहरूका लागि मुख्य कुरा नीतिगत स्थायित्व भएको उल्लेख गरे । वातावरण निर्माणको अर्थ स्पष्ट पार्दै उनले अर्थतन्त्रको आकार वृद्धि गर्न, उत्पादन बढाउन, करको दायरा विस्तार गर्न र आयातलाई निरुत्साहित गर्न राज्यले केन्द्रमा रहेर सोच्नुपर्ने बताए। आन्तरिक उत्पादन र स्वदेशी उद्यमीहरूलाई प्रोत्साहन गर्नु नै राज्यको मुख्य दायित्व हुने उनको भनाइ छ । निजी क्षेत्रले भोगिरहेका चुनौतीहरूप्रति आफ्नो सहानुभुति रहेको बताउँदै उनले भू–राजनीतिक अवस्थाका कारण सिर्जित अप्ठ्याराहरूबारे आफू जानकार रहेको बताएका छन् ।

सांसद दुलालले निजी क्षेत्रले उठाएका मागहरू सही रहेको र ती सवालहरूलाई संसदमा प्रभावकारी ढंगले उठाउने प्रतिवद्धता समेत व्यक्त गरे। कानून निर्माण र संशोधनको समयमा निजी क्षेत्रको हितमा आवाज उठाउने र उनीहरूलाई हौसला प्रदान गर्ने उनले बताए। देश निर्माणका लागि निजी क्षेत्रको प्रोत्साहनसँगै सार्वजनिक क्षेत्रको सुदृढीकरण र समग्र क्षेत्रको सबलीकरणबाट मात्रै अगाडि बढ्न सकिने बताए।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x