ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने कांग्रेस देउवा समूहको निर्णय
काठमाडौं । नेपाली कांग्रेसको निर्वतमान सभापति शेरबहादुर देउवा पक्षले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको पक्राउको भर्त्सना गरेको छ।
नेता पूर्णबहादुर खड्काले विज्ञप्ति प्रकाशित गर्दै गैरकानुनी हिरासतमा राख्ने कदम कानुन विपरीत रहेको बताउँदै रिहाइको माग समेत गरेका छन् ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको प्रतिवेदनले अनुसन्धान तहकिकात र अभियोजन गर्न नेपाल सरकारलाई पठाउने भनेकोमा प्रक्रिया पालना नगरी पक्राउ गरेको भन्दै आपत्ति जनाएको छ ।
विज्ञप्तिमा पक्राउको कदम कानुनी राज्यको बर्खिलापमा रहेको उल्लेख छ । ‘’सरकार गठन भएलगत्तै दुरासयपूर्ण ढंगले भएको राजनीतिक प्रतिशोधबाट सरकार संविधान र लोकतन्त्रको प्रतिबद्धताबाट पछि हटेको देखिन्छ,’’ विज्ञप्तिमा उल्लेख छ ।
गिरफ्तारीको संवैधानिक र राजनीतिक प्रतिरोधमा उत्रिने देउवा पक्षको चेतावनी छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE