शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026

सम्झनामा आशा भोसले

काठमाडौं। भारतीय दिग्गज गायिका आशा भोसलेको निधन भएको छ ।सन् १९३३, सेप्टेम्बर ८ मा जन्मिएकी आशाको ९२ वर्षको उमेरमा भारतको मुम्बईस्थ्ति ब्रिच क्यान्डी अस्पतालमा आइतबार निधन भएको हो ।

हृदयाघात भएपछि उनलाई शनिबार उक्त अस्पतालमा भर्ना गरिएको थियो । आशाका छोरा आनन्द भोसलेले निधनको पुष्टि गरेका छन् । आशाको अन्तिम संस्कार सोमबार दिउँसो ४ बजे शिवाजी पार्कमा गरिने छोराले आनन्द भोसलेले बताएका छन् । । ८ सेप्टेम्बर १९३३ मा आशा भोसलेको जन्म संगीतसँग जोडिएको परिवारमा भएको थियो । उनका बुवा पण्डित दीनानाथ मंगेशकर क थिए । स्वरकोकिला लता मंगेशकरकी बहिनी आशाले सांगीतिक करियरमा २० भन्दा धेरै भााषामा १२ हजारभन्दा बढी गीतमा आवाज दिएकी छिन् ।

उनका ‘दम मारो दम’, ‘पिया तु अब तो आजा’, ‘चुरा लिया है तुमने’, यीन आखोके मस्तीमो लगायत गीत सदाबहार छन् । त्यस्तै उनले नेपालीमा गाएका गीतहरु बसन्त नै बस्न खोज्छ यहाँ, गैरी खेतको सीरै हान्यो, मोही लाग्ला है भन्ने गितहरु अहिले पनि उत्तिकै लाकेप्रिय छन् । आशा ९ वर्षकी हुँदा उनका पिताको निधन भयो । त्यसपछि परिवार पुणेबाट कोल्हापुर र पछि मुम्बई सरेको थियो । त्यसपछि परिवारको खर्चपानी जुटाउन दिदी लता मंगेशकरसँग मिलेर गीत गाउन सुरु गरेकी थिइन् । १६ वर्षमा दिदीका ३१ वर्षीय सेक्रेटरी गणपतराव भोसलेसँग भागी बिहे गरेकी दिइन् । तर, उनको यो कदमप्रति लता र उनको परिवार बेखुस थियो । यही कारण आशा र लताबीच लामो समयसम्म बोलचाल नै बन्द भयो । बिहेपछि आशाले थप संघर्ष गर्नुप¥यो । साथै, उनी घरेलु हिंसाको सिकारसमेत बनेको र उनले जिन्दगीदेखि निराश भएर आत्महत्या गर्ने सोचसम्म पुगेको जनाइन्छ । त्यसपछि उनको सन् १९६० मा सम्बन्धविच्छेद भएको थियो । उनको जीवनमा पछि फेरी प्रेमले प्रवेश पायो र आशाले आरडी बर्मनसँग दोस्रो बिहे गरिन् । उनीहरूबीचको चिनजान भने १९५६ देखि भएको थियो । त्यसपछि चलचित्र ‘तिसरी मंजिल’ मा काम गर्दा दोस्ती भयो । त्यो दोस्ती बिस्तारै प्रेममा परिणत भयो । फलतः उनीहरूले बिहे गरे । त्यसो त आशासँग बिहे गर्ने प्रस्ताव बर्मनले राखेका थिए ।

आशाले तत्काल प्रस्ताव स्वीकार गरिन् । तर, यता बर्मनकी आमाले आशासँग बिहे गर्ने प्रस्ताव अस्वीकार गरेकी थिइन् । उनले भनेकी थिइन्, “यदि यो बिहे हुन्छ भने मेरो लासमाथि हुन्छ ।” बर्मनकी आमाले आशासँग छोराको बिहे अस्वीकार गर्नुको कारण एक त आशा बर्मनभन्दा ६ वर्ष जेठी थिइन् । त्यसमाथि आशाका तीन बालबच्चा थिए । सुरुमा बर्मनले आमाको कुरा माने । तर, पिताको निधन भएपछि आमाको मानसिक स्थित बिग्रिँदै गयो । यस्तो अवस्थामा आमाको अवस्थामा सुधार आओस् भन्नका लागि पनि आशासँग सन् १९८० मा बिहे गरे । आशाले हिन्दी भाषामा पहिलोपटक चलचित्र ‘चुनरिया’ मा ‘सावन आया रे’ गीत गाएकी थिइन् । त्यसपछि पछाडि फर्किनुपरेन ।

उनले फिल्मी गीत, पप, गजल, भजन, शास्त्रीय संगतीसहित विभिन्न १४ भाषाका गीतमा आवाज दिइसकेकी छिन् । उनले जीवन कालमा बिभिन्न पुरस्कारहरु पाएकी छन् । आशा भोसले ग्रामी अवार्डका लागि नामांकित हुनेवाली पहिलो भारतीय गायिका पनि हुन् । उनलाई सन् १९९७ मा यो पुरस्कारका लागि नामांकित गरिएको थियो ।यस्तै, सन् २००० मा दादा साहेब फाल्के, सन् २००८ मा पद्मविभूषण पुरस्कारबाट सम्मानित भइसकेकी छिन् । सन् २०११ मा उनको नाम गिनिज बुकमा लेखिइसकेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x