मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

मार्चमा निस्किएका ककरोच अघि बढेसँगै मोदीले छाडे संसद् भवन, दिल्लीमा सुरक्षा व्यवस्था अत्यन्त कडा

काठमाडौ । संसदतर्फको मार्चका क्रममा जारी तनावबीच ककरोच जनता पार्टी (सीजेपी) का प्रतिनिधिले सोमबार केन्द्रीय मन्त्री जेपी नड्डासँग भेटवार्ता गर्दै तीन बुँदे माग प्रस्तुत गरेका छन् ।

सीजेपीका प्रवक्ता आशुतोष रांकाका अनुसार सरकारको पहलपछि नड्डाको निवासमा करिब १० मिनेट छलफल भएको हो । छलफलमा उनीहरूले सोनम वाङचुकको तत्काल रिहाइ, केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र आत्महत्या गरेका सबै नीट परीक्षार्थीका परिवारलाई १ करोड भारतीय रुपैयाँ क्षतिपूर्ति दिन माग गरेका छन् । नड्डाले यी मागबारे पार्टी नेतृत्वसँग छलफल गर्ने बताएका छन् । अर्कातिर संसद्को मनसुन अधिवेशन जारी रहेका बेला प्रधानमन्त्री नरेन्द्र मोदी संसद् भवनबाट बाहिरिएका छन् ।

संसद् भवन बाहिर ककरोच जनता पार्टी (सीजेपी) को संसद मार्चका क्रममा प्रदर्शन र तनाव भइरहेका बेला प्रधानमन्त्री मोदीको कारगेट कडा सुरक्षा व्यवस्थाबीच संसद परिसरबाट बाहिरिएको हो । संसद् भवन वरपर ठूलो संख्यामा प्रहरी र अर्धसैनिक बल परिचालन गरिएको छ । प्रदर्शनकारी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार तथा लाठीचार्जका घटनापछि सुरक्षा व्यवस्था थप कडा बनाइएको छ । करिब ८ हजार प्रदर्शनकारी संसद मार्चमा सहभागी भएका थिए । प्रदर्शनका क्रममा प्रहरीले व्यापक ब्यारेकेडिङ, लाठीचार्ज र अश्रुग्यास प्रयोग गरेको आरोप आन्दोलनकारीहरूले लगाएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x