व्यवसायी दुर्गा प्रसाईं एक लाख धरौटीमा छुटे

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं एक लाख धरौटीमा रिहा भएका छन् । एक महिलाको जाहेरीले साइबर अपराधको कसूरमा पक्राउ परेका व्यवसायी प्रसाईलाई काठमाडौं जिल्ला अदालतले एक लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।
१० दिनअघि आफ्नै निवासबाट पक्राउ परेका प्रसाईँले विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार कसुर गरेको अभियोगमा ५ वर्षसम्म कैद सजाय मागदाबीसहित मुद्दा दायर गरिएको थियो ।
सरकारी वकिल कार्यालय काठमाडौँले उनीविरुद्ध विद्युतीय अपराध सम्बन्धी दुईवटा मुद्दा दायर गरेको थियो । युट्युब च्यानल ‘देश दुनियाँ खबर’मा प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध एक जना महिलाको ‘चरित्रहत्या गरेको’ आरोप छ । अर्का एक जना पुरुषले पनि प्रसाईं विरुद्ध जाहेरी दिएका थिए ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE