आज कति छ पानी पर्ने सम्भावना ? यस्तो छ मौसम पूर्वानुमान
काठामडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव रहनुका साथै बाँकी प्रदेशहरूमा पश्चिमी वायुको साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशमा पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका साथै बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन तथा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका साथै बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE