प्रहरी र रास्वपाका कार्यकर्ताबीचको झडपले चितवन तनावग्रस्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरु र प्रहरीबीचको झडपका कारण चितवन तनावग्रस्त बनेको छ । जिल्ला प्रहरी कार्यलय अगाडि रास्वपा समर्थकले प्रदर्शन गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।
सुरुमा प्रदर्शनकारीले आफूहरुमाथि ढुंगा प्रहार गरेको प्रहरीको दावी छ । आफूहरुले संयम अपनाउँदा अपनाउँदै ढुंगा प्रहार भएपछि बल प्रयोग गरिएको चितवन प्रहरीले बताएको छ । प्रदर्शनकारीको ढुंगा लागेर २० भन्दा बढी प्रहरी घाइते भएको उनको दावी छ ।
प्रहरीले प्रदर्शन नियन्त्रण गर्ने क्रममा लाठी चार्ज गर्नुका साथी पानीका फोहरा र अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शनकारीतर्फ पनि दर्जनौं घाइते भएका छन्, तर यकिन विवरण आएको छैन ।
केहीबेर तितरबितर रवि समर्थकले फेरि प्रहरी कार्यालय अघि आएर नाराबाजी सुरु गरेका छन् । प्रहरीको बल प्रयोगमा रास्वपा जिल्ला सभापति कृष्ण भुषाल घाइते भएका छन् ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE