बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

इप्पानले माघ ४ गते रजत जयन्ती मनाउँदै

  • 9
  •  
  •  
  •  
  •  
  •  
  •  
    9
    Shares

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था,नेपालले स्थापनाको २५ औं वर्षमा वार्षिकोत्सवको अवसरमा इप्पान रजत जयन्ती मनाउने भएको छ । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै इप्पानले आगामी माघ ४ गते २५ औं वर्षमा वार्षिकोत्सवको अवसरमा इप्पान रजत जयन्ती बनाउन बताएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै इप्पानका महासचिव बलराम खतिवडाले लिडिङ द इनर्जी प्रस्पोरेटी भन्ने नारासहित इप्पान रजत जयन्ती मनाउन लागेको बताए । उनले लगानीको हिसावले नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो र ५०० भन्दा धेरै ऊर्जा उत्पादक कम्पनीहरु सदस्य रहेको ऊर्जा उद्यमीको उपलब्धी र प्रगतिहरु जानकारी दिने गरी रजत जयन्ती मनाउन लागेको बताए ।

उनले देशलाई लोडसेडिङ मुक्त गरी खुद विद्युत निर्यातकर्ता मुलुक बनाउनमा इप्पानको महत्वपूर्ण योगदान रहेको बताए । उनले देशको कुल विद्युत जडित क्षमता करिव ३ हजार ३ सय मेगावाट पुग्दा निजी क्षेत्रको सहभागितामा मात्रै २६ सय मेगावाट अर्थात विद्युत उत्पादन क्षमताको करिव ८० प्रतिशत विद्युत उत्पादन भएको बताए । उनले इप्पानले रजत जयन्ती २०८१ आगामी माघ ४ गते काठमाडौंमा गर्ने बताए । उनले रजत जयन्तीको अवसरमा विभिन्न क्रियाकलापहरु आयोजना गरिएको बताए । उनले रजत जयन्तीमा प्रधानमन्त्री केपी शर्मा ओली तथा अर्थमन्त्री र ऊर्जा मन्त्रीको समेत सहभागिता रहने बताए ।

उनले रजत जयन्तीको अवसरमा ऊर्जाका स्थानीयदेखि संघीयसम्मका समस्या र चुनौति अवसर,ऊर्जा क्षेत्रको आगामी मार्गचित्र,ऊर्जा नीतिहरुका विषयमा अन्तरक्रिया हुने बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x