कोटीहोम नरोक्न पोखरा महानगरलाई उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पोखराले फेवा किनार नेपाल ट्रस्टको जग्गामा ३ महिनासम्म हुने भनिएको कोटीहोम महायज्ञ नरोक्न पोखरा महानगरपालिकालाई अन्तरिम आदेश दिएको छ । उच्च अदालतका न्यायाधीश रत्नबहादुर बागचन्दको इजलासले निवेदनको अन्तिम टुंगो नलागेसम्म निवेदकद्वारा आयोजना गर्न लागिएको ‘विराट कोटीहोम ज्ञान महायज्ञ’ सञ्चालनमा कानून बमोजिमबाहेक कुनै बाधा अवरोध उत्पन्न नगर्नु/नगराउनु भनी विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेको हो ।
पोखरा महानगरले अनुमति नदिएको र ध्वनी प्रदुर्षणसमेत हुने भन्दै पोखरा महानगरपालिकाको कार्यपालिका बैठकले निर्णय गरेको थियो । उसले कोटीहोम महायज्ञ सञ्चालनका लागि जग्गा उपलब्ध नगराउन नेपाल ट्रष्टको कार्यालयलाई पत्राचार गरेको थियो ।
नेपाल ट्रष्टले भने नेपाल ट्रस्ट ऐन, २०६४ को दफा ५ र नेपाल ट्रष्टको जग्गा छोटो अवधिको लागि भाडामा दिने कार्यविधि, २०७६ वमोजिम मानव सेवा फाउण्डेसनलाई कार्यक्रम गर्न सहमति प्रदान गरिएको जनाएको थियो ।
उच्च अदालत पोखराले १५ दिनभित्र लिखितजवाफ पेश गर्न आदेश दिएको छ । उक्त अन्तरिम आदेश विरुद्ध पोखरा महानगरपालिकाले उच्च अदालतमै निवेदन दिन पाउछ ।
यस्तो छ आदेश :
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE