आज दुईवटा समितिको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौं । संघीय संसद अन्तर्गत आज दुईवटा समितिको बैठक बस्दैछ ।
आज अर्थ र पूर्वाधार विकास समितिका बैठक बस्न लागेको हो । अर्थ समितिको बैठक बिहान ११ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ ।
बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता सदस्यहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, पूर्वाधार विकास समितिको बैठक पनि बिहान ११ बजे सिंहदरबारमा नै बस्नेछ । बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE