राष्ट्रिय सभा निर्वाचनमा ७ सिटमा एमालेको दाबी, कांग्रेससँग छलफल गर्ने जिम्मा ओलीलाई
काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभाको ७ वटा सिटमा आफ्नो दाबी गरेको छ । सोमबार बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उपमहासचिव लेखराज भट्टले प्रत्येक प्रदेशमा १र१ जना रहनेगरी ७ वटा सिटमा आफूहरूको दाबी रहेको जानकारी गराए ।
यद्यपि क्लस्टर अनुसार उम्मेदवारहरू टुंगो लगाउने काम भने बाँकी रहेको उनको भनाइ छ ।
कांग्रेसका सभापति शेरबहादुर देउवासँग थप छलफल गरेर उम्मेदवार टुंगो लगाउने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको उनको भनाइ छ ।
माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा एमालेले कांग्रेससँग गठबन्धन गरेर अघि बढ्ने भएको हो ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE