बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

कुलमान र हितेन्द्रदेवको रिट न्यायाधीशद्वय राउत सुवेदीको इजलासमा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ र वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिटको सुनुवाइ सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश सारंगा सुवेदीको संयुक्त इजलासमा तोकिएको छ । प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरिएका घिसिङ र मन्त्रिपरिषद्ले नियुक्त गरेका शाक्यको आज पेशी तोकिएको हो ।

शुक्रबार न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले दुवै रिटका पक्ष र विपक्षलाई छलफलका लागि आज बोलाएको थियो । आज अन्तरिम आदेशका लागि दुवै पक्षको छलफल हुन लागेको हो ।

आफूलाई सरकारले पदावधि हुँदै बर्खास्त गरेपछि कुलमान सर्वोच्च गएका थिए । यस्तै नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो पुरानो रिटमा पहिला निर्णय गर्न माग गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x