शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

थाइल्याण्डका उद्योगी, व्यवसायीसँग प्रधानमन्त्रीको छलफलः लगानीका लागि आह्वान

  • 46
  •  
  •  
  •  
  •  
  •  
  •  
    46
    Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डमा रहेका उद्योगी व्यवसायीहरुसँग छलफल गरेका छन् । बिहीवार बिहान प्रधानमन्त्री ओलीले नेपालमा लगानीको लागि आह्वान गर्दै व्यवसायीहरुसँग छलफल गरेका हुन् । छलफलका क्रममा प्रधानमन्त्री ओलीले नेपाल—थाइल्याण्डबीच दौत्य सम्बन्ध कायम भएको लामो समय भइसकेको र दुई देशबीचको सम्बन्ध सौहार्दपूर्ण रहेको बताए ।

नेपाल र थाइल्याण्ड कहिल्यै उपनिवेशमा बस्नु नपरेको र समान गरिबीबाट उठ्न खोजेका दुवै देशमध्ये नेपाल धेरै नै अघि बढिसकेको छ । पछिल्लो दशमा थाइल्याण्डले विकास गरेको प्रविधि, हाँसिल गरेको समृद्धि र गरिबी निवारणमा अख्तियार गरेका नीतिहरुका कारण अहिले समृद्ध मुलुकहरुमध्ये एक थाइल्याण्ड पर्दछ ।

थाइल्याण्डले सिकेका ज्ञान, सीप र हाँसिल गरेको नविनतम प्रविधिहरु नेपालमा भित्र्याउनसके र थाइल्याण्डका लगानीकर्ताहरुले नेपालमा लगानी गर्नसके नेपालले पनि छिटै समृद्धि हाँसिल गर्नसक्ने बताए । नेपालमा अहिले लगानीको वातावरण पनि बनेको र लगानीको सुरक्षाका लागि सरकारले हदैसम्म लचिलो भएको र त्यसअनुरुप कानून पनि संशोधन गरेको विषयमा पनि जानकारी गराए ।

थाइल्याण्डका व्यवसायीहरुले नेपालको शिक्षा, स्वास्थ्य, प्रविधिका विषयहरुमा लगानी गर्न इच्छुक रहेको कुरा व्यक्त गरेको उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए । नेपाल—थाइल्याण्डको सम्बन्ध पर्यटनमा तुलनात्मक रुपमा राम्रो रहेको छ । थाइल्याण्ड बौद्धमार्गी देश भएकाले पनि बहुसंख्यक बौद्धमार्गीहरु बुद्ध जन्मिएको देश नेपालको लुम्बिनी भ्रमणमा आउने गर्दछन् ।

यसको फरक किसिमको सद्भाव र सम्मान छ । त्यसले पनि पर्यटनबाट लगानी भित्र्याउन सकिने प्रचुर सम्भावना रहेको छ । थाइल्याण्डका व्यवसायीहरुले नेपालमा लगानीका लागि कृषि र प्रविधिका विषयहरुमा बढी जोड दिइरहेका छन् ।

नेपालमा रहेका उद्योगी छाता संगठनहरुको निरन्तरको प्रयास र पछिल्लो समय सरकारले लगानीका लागि कानून संशोधन गरी बनाएको अनुकुल वातावरणको प्रभावले धेरै लगानी कर्ताहरु आकर्षित हुने सरकारको विश्वास रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x