राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर विष्णु पौडेलले दिए बजेटबारे जानकारी

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् । सरकारले जेठ १५ मा बजेट ल्याउनका लागि घनिभुत तयारी गरिरहेकै बेला केहीबेर अघि शितलनिवासमा पुगेर अर्थमन्त्री पौडेलले राष्ट्रपतिलाई भेटेर सरकारले ल्याउन लागेको बजेटबारे जानकारी गराएका हुन् ।
अर्थमन्त्रीका प्रेस सल्लाहकार भुवन पौडेलकाअनुसार उनीहरुबीचको भेटवार्ता बजेटबारे केन्द्रित थियो ।
सरकारले जेठ १५ मा संवैधानिक व्यवस्था अनुसार १९ खर्ब हाराहारीको बजेट ल्याउँदैछ । सरकारले आजै आर्थिक सर्वेक्षण समेत सार्वजनिक गर्दैछ ।
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE