बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

शिक्षा क्षेत्रमा पठनपाठनको होइन, सिकाईको संकटः महामन्त्री थापा

  • 12
  •  
  •  
  •  
  •  
  •  
  •  
    12
    Shares

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अहिले शिक्षा क्षेत्रमा पठनपाठनको नभइ सिकाईको संकट रहेको बताएका छन् । बिहीवार काठमाडौंमा नेपाल शिक्षक संघ संघीय कार्यसमितिको २४ औं संघीय प्रतिनिधि सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले विद्यालय शिक्षा विधेयबाट यसको समाधान हुने बताए । उनले अबको दशका शिक्षा विकासको दशक भएको उल्लेख गर्दै अब माथिल्लो स्तरमा पुग्न जरुरी रहेको बताए । त्यसका लागि कक्षाकोठा भित्रको सिकाइ नबदीलकन सम्भव नरहेको जिकिर गरे । परिवर्तनको संवाहक शिक्षक भएकाले एउटा नयाँ जोशका साथ विद्यालय र कक्षा कोठाको अवस्था बदल्नुपर्ने बताए ।

महामन्त्री थापाले भने, ‘हाम्रो अहिलेको संकट भनेको पठनपाठनको संकट होइन, सिकाईको संकट हो । यो विधेयकबाट कानून बनिसकेपछि अब हाम्रो अपेक्षा शिक्षा विकासको दशक हो । हामी नेपालीहरु लो इन्कमबाट माथि उठिसकेको छैनौँ । त्यसका निम्ति हाम्रो कक्षाकोठा भित्रको सिकाइ नबदीलकन सम्भव छैन । त्यो परिवर्तनको संवाहक शिक्षक साथीहरु हो । यो कानून बनिसकेपछि हाम्रो शिक्षक संघको नेतृत्वमा देशभर शिक्षक पेशामा लागेका साथीहरुले एउटा नयाँ जोशका साथमा हाम्रो विद्यालय र कक्षा कोठाको अवस्था बदल्नुपर्छ । र नयाँ एउटा क्रान्तिको तपाईंहरुले नेतृत्व गर्नुपर्छ । हाम्रो विधान संशोधन गर्दैगर्दा फरक फरक क्षेत्र, पेशा, व्यवसायका साथीहरुलाई नेपाली काँग्रेस पार्टीभित्र आफ्नो अनुभव लिएर आउने कुरामा प्रेरित गर्न चाहन्छौँ ।’

महामन्त्री थापाले अहिले राजनीतिक दलमा आवद्ध हुनु भनेको खराब हो भन्ने भाष्य सिर्जना गरिएको भन्दै आपत्ति जनाए ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x