भिजिट भिसाको आवरणमा भएको भ्रष्टाचार र मानव तस्करीलाई राष्ट्रिय मुद्दा बनाउन सफल भयौँः रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसाको आवरणमा भएको भ्रष्टाचार र मानव तस्करीलाई राष्ट्रिय मुद्दा बनाउन सफल भएको दाबी गरेको छ ।
भैरहवामा बुधवार बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका मुख्य सचेतक सन्तोष परियारले यस्तो दाबी गरे । उनले भिजिट भिसाको आवरणमा नेपालमा लामो समयदेखि भ्रष्टाचार र मानव तस्करी भइरहेको बताए । उनले त्यसलाई रास्वपाले नै नेपाली जनताको घरदैलोकोमुद्दा बनाएको बताए । राज्यले नीति र संरचना बनाएर पनि नागरिकलाई दुःख दिएको रास्वपाको निष्कर्ष छ ।
उनले भने, ‘भिजिट भिसाको आवरणमा जुन किसिमको भ्रष्टाचार, मानव बेचबिखन र मानव तस्करी लामो समयदेखि नेपालमा भइरहेको थियो । त्यो मुद्दा राष्ट्रिय स्वतन्त्र पार्टीले संसदमा उठाएर नेपाली जनताको घरघरको मुद्दा र राज्यले नीति बनाएर, संरचना बनाएर आफ्ना नागरिकलाई दिएको दुःखको मुद्दा हामीले संसदमा स्थापित ग¥यौँ भन्ने हाम्रो ठम्याइ रह्यो । भ्रष्टाचारका अन्य मुद्दाहरु हामीले संसदभित्र उठायौं । अहिले पनि आन्दोलनकै क्रममा छौँ ।’
RELATED NEWS ARTICLES

WRITE COMMENTS FOR THIS ARTICLE