बुधबार, अशोज १, २०८२
Wednesday, September 17, 2025

विश्वकप लिग–२ मा अमेरिकासँग हार्‍यो नेपाल

  • 14
  •  
  •  
  •  
  •  
  •  
  •  
    14
    Shares

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक सिरिजमा नेपाल अमेरिकासँग हारेको छ । अमेरिकाको डालसस्थित ग्रान्ड पेरी क्रिकेट रङ्गशाला सम्पन्न खेलमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको हो ।

यसअघि भएको पहिलो खेलमा पनि नेपाल अमेरिकासँग तीन विकेटले हारेको थियो । अमेरिकाले दिएको दुई सय ८२ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ४४ रनमा समेटियो ।

नेपालका लागि अनिल साहले सर्वाधिक ५२ रनको योगदान दिए। उनले ८० बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ५२ रन जोडेका हुन् । नेपालले ओपनर आसिफ शेखलाई ६ रनमा गुमाएको थियो । दोस्रो विकेटलाई अनिल र कुशल भुर्तेलले ७१ रनको साझेदारी गरेका थिए ।

कुशल भुर्तेलले २९ रन जोडे । त्यसपछि कुशल मल्लले ५४ बलमा एक चौका र एक छक्कासहित ३३ रन बनाएर आउट भए । कप्तान रोहित पौडेल एक, गुल्सन झा १२ तथा आरिफ शेख २१ रन बनाउँदै आउट भ ए।

त्यसपछि सोमपाल कामीले २७ बलमा चार चौका र दुई छक्कासहित ४६ रन बनाए । दीपेन्द्रसिंह ऐरीले ३८ बलमा एक चौका र एक छक्कासहित ३१ रन बनाए । करण केसीले पाँच तथा सन्दीप लामिछानेले दुई रन बनाए ।

अमेरिकाका सौरभ नेत्रवालकरले सर्वाधिक चार विकेट लिए । नोष्थुश केंजिगे र साड्ली भान शाक्लीले समान दुईरदुई तथा जसदीप सिंह र हरमित सिंहले समान एक–एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ८१ रनको योगफल बनाएको थियो ।

अमेरिकाका लागि साइतेजा मकामल्लाले सर्वाधिक ७५ रनको योगदान दिए। उनले ८७ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ७५ रनको योगदान दिएका हुन्। त्यस्तै कप्तान मोनाङ्क पटेलले ८१ बलमा पाँच चौका र एक छक्कासहित ६७ रन जोडे । ओपनर शयान जहानजिगर १० र आरोन जोन्स २६ रनमा आउट भए ।

हरमित सिंहले ४४ बलमा तीन चौका र तीन छक्कासहित ५९ रनको योगदान गरे । नेपालका गुल्सन झाले तीन विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले समान दुईरदुई विकेट लिए । त्यस्तै कुशल भुर्तेलले एक विकेट झारे । नेपालल लिग–२ मा ११ खेलमा दुईमा जित र आठमा हारसहित पाँच अंकका साथ अंकका साथ तालिकाको सातौँ स्थानमा छ ।

त्यस्तै अमेरिका १२ खेलमा आठमा जितसहित १६ अंकका साथ शीर्ष स्थानमा छ । क्यानडा १२ खेलमा १६ अंकका साथ नेटरनरेटका कारण दोस्रो स्थानमा छ । अब नेपालले भोलि स्कटल्यान्डसँग खेल्नेछ । रासस

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x