शनिबार, कार्तिक २३, २०८२
Saturday, November 8, 2025

बोलबम संस्कृतिको जर्गेना गर्न सरकार उदासिनः प्रभु साह

  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले बोलबम संस्कृतिले नेपाली समाजलाई प्रगाढरुपमा जोडदै गरहेको बताएका छन् । बोलबम संस्कृतीको सरकारले जर्गेना गर्नुपर्ने उनले बताएका हुन् ।

भोलेनाथ बोलबम कावरिया संघद्धारा शनिबार काठमाडौंको कालिमाटीमा आयोजित बोलबम विशेष समारोहलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले समाजलाई एकताबद्ध गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बोलबम संस्कृतिको सरकारले संरक्षण एवं प्रबद्र्धनका गर्नुपर्ने बताए ।

बोलबम संस्कृती सहितको मौलिक धर्म, संस्कृतीको जर्गेना गर्न सरकारले चासो नदिएको बताउदै उनले हिन्दु धर्मावलम्बीले नै हिन्दु धर्म, संस्कृती जोगाएको बताए । नेपालको बिभिन्न शिवालयमा साउन महिनामा बोलबम काँवरियाहरुले विशेष पुजापाठ गर्दैआइरहेको बताउदै उनले त्यसका लागि सरकारले समेत यस्तो कार्यका लागि बजेट बिनियोजन गर्नुपर्ने बताए ।

‘बोलबम काँवरियाहरुले आफ्नो निजि पैसा खर्च गरेर हिन्दु धर्म, संस्कृतीको जर्गेना गर्दै आइरहेका छन् । यस्तो कार्यमा सरकारले समेत बजेटको व्यवस्था गर्नुपर्ने हो । तर, सरकारले यस्तो कार्यमा चासो दिनुको साटो अपवाह कार्यमा बढी ध्यान केन्द्रीत गरेको छ । यस्तो बिषयको जर्गेनामा सरकार उदासिन रहेको छ,’ आजपा अध्यक्ष साहले भने ।

कुर्सीका लागि प्रधानमन्त्री जस्तो गरिमामय जिम्मेवारीमा रहेका नेताले हावादारी गफ गरेर हिन्दु धर्मको जर्गेना नहुने बताउदै आजपा अध्यक्ष साहले यस्तो जिम्मेवार व्यक्ति जिम्मेवारीका साथ प्रस्तुत हुनुपर्ने बताए । तथ्य, तथ्यांक, इतिहास, प्रमाणका आधारमा मात्रै कुनै कुरा गर्दा राम्रो हुने बताउदै उनले सस्तो लोकप्रियताका लागि हावादारी गफ गर्न नहुने टिप्पणी गरे ।

उनले प्रधानमन्त्री ओलीले हिन्दु धर्म, संस्कृतीसंग खेलवाड गरेको समेत बताए । भोलेनाथ बोलबम कवरिया संघका अध्यक्ष राजकुमार साह कलवारको अध्यक्षतामा भएको कार्यक्रममा सन्तोष अग्रवाल, त्रिभुवन साह, विपिन जयसवाल, चन्द्र भुषण साह लगायतको विशेष सहभागिता रहेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x